Techie IT
शुक्रबार, कात्तिक १५,२०८२

काठमाडौंमा अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने समयसीमा तोकेका छन्।

गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार महानगरले आज अत्यावश्यक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना हटाउन वा खाली गर्न आग्रह गरेको हो।

सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र र काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा रहेका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र नहटाए कानुनी कारबाही गरी बलपूर्वक हटाइनेछ।”


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्