Techie IT
शुक्रबार, कात्तिक १५,२०८२

काभ्रे मण्डनदेउपुरका घाँटीको क्यान्सरबाट पीडित भोलानाथ ढकाललाई सहयोग आवश्यक


काभ्रे, नेपाल — काभ्रेपलाञ्चोकको मण्डेन्देउपुर नगरपालिका निवासी ४५ वर्षीय भोलानाथ ढकाल हाल घाँटीको क्यान्सर (Throat Cancer) बाट संघर्षरत हुनुहुन्छ। दुई वर्षअघि श्रीमतीको निधनपछि उहाँले आफ्ना चार जना साना बालबालिका र वृद्ध आमाबाबुको एक्लो हेरचाह गर्दै जीवन गुजारा गर्दै आउनुभएको थियो।

परिवारको मुख्य आम्दानीको स्रोत रहेका भैंसीहरू बेचेर जुटाएको रकमले केही समय उपचार चले पनि अहिले आर्थिक अभावका कारण उहाँको उपचार रोकिएको छ। हाल उहाँ नेपाल क्यान्सर अस्पताल, हरीशिद्धिमा उपचाररत हुनुहुन्छ। चिकित्सकहरूले तुरुन्तै शल्यक्रिया (सर्जरी) गर्न सिफारिस गरे पनि आर्थिक कठिनाइका कारण सम्भव भएको छैन।

स्थानीय बासिन्दा र शुभचिन्तकहरूले भोलानाथलाई जीवनदान दिन सबैलाई स–साना सहयोग गर्न अपिल गरेका छन्।“हाम्रो स–साना सहयोगले भोलानाथ जस्तो पितालाई आफ्नो बालबालिकाको भविष्यका लागि बाँच्ने आशा दिलाउन सक्छ,” — अभियानका संयोजकहरूले भने।

भोलानाथ ढकालको उपचारका लागि GoFundMe अभियान सुरु गरिएको छ। इच्छुक सहयोगीहरूले तलको लिंकमार्फत सहयोग गर्न सक्नुहुन्छ:
GoFundMe: Help Bhola Nath Dhakal’s Cancer Treatment

त्यसैगरी, उहाँका भाइको बैंक खातामा सिधा रकम पठाउन QR कोड स्क्यान गरेर पनि सहयोग गर्न सकिन्छ।

हामी सबैको स–साना सहयोगले भोलानाथ र उनको परिवारको जीवनमा आशाको नयाँ किरण ल्याउन सक्छ। कृपया यो सन्देश सेयर गरेर पनि सहयोगी बन्नुहोस्।

QR कोड स्क्यान गरेर पनि सहयोग गर्न सकिन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #घाँटीको क्यान्सरबाट पीडित भोलानाथ ढकाल


तपाईको कमेन्ट लेख्नुहोस्