प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुनुपर्ने कि नपर्ने ? न्यायाधीशको प्रश्न !
कात्तिक । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ जारी छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँचसदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी छन् ।
बहसका क्रममा इजलासका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा बहसकर्ताहरूसँग जवाफ खोजेका छन् ।
‘अन्तरिम आदेश जारी हुनुपर्ने कि नपर्ने ? पर्ने भए के–के विषयमा अन्तरिम आदेश दिने ?,’ इजलासमा न्यायाधीश प्रधान मल्लले प्रश्न गरिन् । अन्य न्यायाधीशहरूले पनि यही प्रसंगमा बहसकर्ताहरूलाई प्रश्न राखेका छन् ।
रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले विषयवस्तुको अत्यावश्यकता र अपूरणीय क्षतिबीचको सन्तुलन हेरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा विघटनविरुद्ध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्