Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै


कात्तिक । सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो ।

निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन् ।

सरकार र राजनीतिक दलबीच पटकपटक बैठक बसिरहेका छन् । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दल र जेनजीबीच त्रिपक्षीय बैठक, #सरकार


तपाईको कमेन्ट लेख्नुहोस्