Techie IT
शुक्रबार, कात्तिक १५,२०८२

बर्दिवासमा एसईई सकेका विद्यार्थीका लागि छात्रवृत्ति


जीवनराज दाहाल : बर्दिवास, महोत्तरी ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि बर्दिवासमा छात्रवृत्तिको अवसर उपलब्ध हुने भएको छ । पदम-शमशेर स्मृति प्रतिष्ठानले बर्दिवास नगरपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी कक्षा ११/१२ अध्ययनका लागि यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

आर्थिक रूपमा कमजोर, असहाय, जेहेन्दार तथा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरी कार्यक्रम सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । प्रत्येक विद्यालयबाट दुई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

समाजसेवी विष्णु खड्काको अगुवाइमा २०७७ सालदेखि सञ्चालनमा आएको प्रतिष्ठानले अहिलेसम्म छात्रवृत्तिका लागि ५० लाख रुपैयाँभन्दा बढी रकम विनियोजन गरिसकेको छ । सो अवधिमा ३३ विद्यार्थी यस अभियानमार्फत लाभान्वित भइसकेका छन् ।

छात्रवृत्तिका लागि आवेदन फाराम सम्बन्धित विद्यालयमार्फत वितरण हुने र आवेदन दिने अन्तिम मिति २०८२ साल कार्तिक २० गते तोकिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, समाज, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्