Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

तारकेश्वरमा भाइटिकाको बिहानै दुर्घटना ,धर्मस्थलीका २६ वर्षीय युवकको मृत्यु


काठमाडौं । तारकेश्वर  चिसापानीस्मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षय यूवकको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय अमित पुतुवारको घटनास्थलमै मृत्यु भएको हो । पुतुवार तारकेश्वर–६ पुसल धर्मस्थलीका स्थानीय बासिन्दा हुन् ।

प्रहरीकाअनुसार घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको जनाएको छ।

मृतकलाई तत्कालै प्रहरिको सहयोगमा तारकेश्वर सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

तारकेश्वरको तिनपिप्ले–सानो बाइपास सडक र जरंखु–लामबगरमा सडकमा हरेक महिना दुर्घटना हुने गरेको स्थानीयबासीले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा भाइटिकाको बिहानै दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्