प्रचण्डको सचिवालयले दियो पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।
सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।
प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो । जाहेरी आइतबार नै बुझाइएको आचार्यले नेपाल प्रेसलाई बताए ।
यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो ।
उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्डको सचिवालयले दियो पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्