Techie IT
शनिबार, कात्तिक ९,२०८२

शेरबहादुर देउवा कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने


काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

बैठक आज दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्ने तयारी छ । देउवाको अनुपस्थितिमा बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको छ ।

जेन-जी आन्दोलनपछि देउवा कुनैपनि पार्टी बैठकमा प्रत्यक्ष रूपमा सहभागी भएका छैनन् । यद्यपि, उनले केही नेताहरूसँग भर्चुअल माध्यमबाट संवाद गरेको स्रोतले जनाएको छ ।

भदौ २४ गते जेन-जी आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले कुटपिट र तोडफोड गरेका थिए, जसका क्रममा देउवा र उनकी पत्नी आरजु राणा घाइते भएका थिए ।

निवासमा भएको आगजनीपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्, तर उनीहरूको बसोबासको ठेगाना सार्वजनिक गरिएको छैन ।

आजको बैठकमा असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे विस्तृत छलफल हुने नेताहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्