इलाम बाढीपहिरो पीडितलाई युवा संघ नेपालद्वारा राहत वितरण सुरु
लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोले इलाममा ठूलो जनधनको क्षति पु¥याएको छ। बाढी–पहिरोबाट विशेषगरी माइ नगरपालिका–७ को चेप्टी गाउँ पूर्णरूपमा प्रभावित बनेको छ। यस्तै विकट परिस्थितिमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ।

बुधबार युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले माइ नगरपालिकाका प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेको हो। चेप्टी गाउँमा मात्रै करिब ७० वटा क्षतिग्रस्त घरपरिवारलाई राहत प्रदान गरिएको छ।
राहत सामग्रीमा एक बोरा चामल, दुई लिटर खाने तेल, नुन, मरमसला, पीभीसी, ब्ल्यांकेट, लत्ताकपडा, म्याट, डस्ना, जुत्ता–चप्पल र त्रिपाल समावेश छन्।
युवा संघले हाल इलामका अधिकांश पालिकामा बाढीपहिरोको असर परेकाले सबै स्थानीय तहमा राहत वितरणको तयारी गरिएको जनाएको छ।
युवा संघका अध्यक्ष थेबेले भने, “जेनजी आन्दोलनपछि दलका नेताहरू र कार्यकर्ता मौन बसेका बेला हामी राहत लिएर पीडितकहाँ पुगेका छौं। यस दुःखको घडीमा राज्यको नजर पुगेन पनि भने हामी नेपाली युवा साथमा छौं भन्ने सन्देश दिन चाहन्छौं।”
स्थानीयवासीले आपतविपतमा प्राप्त राहतप्रति आभार व्यक्त गरेका छन्।
बाढी र पहिरोका कारण अझै केही गाउँहरूमा उद्धार र राहत पुर्याउन कठिनाइ भइरहेका छन्। सरकार तथा अन्य संघसंस्थाहरूलाई समेत राहत कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्