Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

नुवाकोट शिवपुरीमा श्रीमानले गरे खुकुरी हानेर श्रीमतीको हत्या


नुवाकोट, २२ असोज । घरायसी विवाद बढेपछि नुवाकोट शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #श्रीमानले गरे श्रीमतीको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्