सबै दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा जुट्न युवा नेताहरूको आह्वान
काठमाडौं । विभिन्न राजनीतिक दलका युवा नेताहरूले सबै दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा जुट्न आह्वान गरेका छन्।
एमाले, माओवादी, नेकपा एसलगायतका दलका २८ जना युवा नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै देशलाई लोकतान्त्रिक दिशामा अघि बढाउन दलहरूको पुनर्गठन अपरिहार्य भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “लामो समयदेखि नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन सम्भव छैन। त्यसैले, आफ्ना-आफ्ना दलहरूलाई पुनर्गठन गर्ने कार्यमा ढिलाइ नगर्न सबै दलका दोस्रो र तेस्रो तहका नेताहरू तथा जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ।”
युवा नेताहरूले पार्टी र राज्यलाई कब्जामा लिएर जे गरे पनि हुन्छ भन्ने मानसिकताका राजनीतिक सम्भ्रान्तहरूलाई जेनजी आन्दोलनले चुनौती दिएको बताएका छन्। उनीहरूको भनाइमा, जेनजी आन्दोलनले राजनीति, प्रशासन र न्यायपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी बनाउन चाहेको छ र त्यसका लागि दलहरूले अब जिम्मेवारी लिनु आवश्यक छ।
मुख्य दलका नेताहरूले अझै पनि नेतृत्व पुस्तान्तरणको मागप्रति बेवास्ता गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “नेतृत्वमा रहिरहने बहानाबाजी र छलछामले देशलाई अझ ठूला संकटतर्फ धकेल्ने खतरा छ।”

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा जुट्न युवा नेताहरूको आह्वान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्