जेनजी आन्दोलनका भाइरल एक युवकले गरे आफ्नै आमाको हत्या
काठमाडौं । ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीसँग वादविवाद गर्दै भाइरल बनेका एक युवकले आफ्नै आमाको हत्या गरेको घटना सार्वजनिक भएको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले आइतबार राति धारिलो हतियार प्रयोग गरी आफ्नी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार घटनापछि प्रहरीले कँडेललाई प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिएको छ। यो घटनापछि सिंगो गाउँ शोक र स्तब्धतामा डुबेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडिओहरूमा यमबहादुर कँडेल निकै भाइरल भएका थिए। उनले भिडिओमा ‘मेरो आँखामा डर छ? हेर्नुस् म डराएको छु? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ भन्ने संवाद बोलेका थिए, जसले उनलाई सामाजिक सञ्जालमा चर्चित बनाएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जेनजी आन्दोलनका भाइरल एक युवकले गरेआफ्नै आमाको हत्या
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्