देउवाका सासु ससुरा बस्ने घरमा पनि सीआईबीको छापा
असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।
आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।
छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो ।
सीआईबीका अधिकृतहरूले बताए अनुसार, शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । तर, खनतलासीका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु फेला पार्न सकेन ।
‘भूषण राणा घरमा हुनुहुँदैन थियो । उहाँको बुवाआमा बस्ने घरमा पनि केही भेटिएन्,’ सीआईबीका एक प्रहरी अधिकारीले भने । सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सीआईबीको छापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्