गृहमन्त्रीको चेतावनी– नेताहरूको पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ
काठमाडौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्का गर्नु मात्रै नभई आवश्यक परे उनीहरूलाई पक्राउ गर्नुपर्ने पनि हुन सक्ने बताएका छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूको जिज्ञासामा मन्त्री अर्यालले भ्रष्टाचार तथा जेन–जी आन्दोलनमा दमन गर्ने नेताहरू पक्राउ पर्नसक्ने चेतावनी दिएका हुन् ।
पत्रकारका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले भने, ’कानुनमा सबै कुरा स्पष्ट छ । अनुसन्धान गर्ने निकायले आवश्यक ठानेको काम गर्छ । पासपोर्ट रोक्का मात्र होइन, पक्राउ गरेर बयान लिनुपर्ने अवस्था आएमा त्यसो पनि गरिन्छ ।’
मन्त्री अर्यालले भ्रष्टाचारको छानबिनका लागि राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको पनि बताए । ’कानुनमा लेखिएअनुसार नै काम हुन्छ,’ उनले भने, ’राज्यका निकायहरूले अनुसन्धान थालिसकेका छन् ।’
उनले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा सरकार दृढ रहने पनि बताए । ’पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो । यदि सुशासनको मामिलामा कदम नचाल्ने हो भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ । त्यसैले सरकारले राम्रोसँग खुट्टा टेक्छ’, गृहमन्त्रीले भने ।
हिजै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि अहिले नेताहरूबारे उठिरहेका प्रश्नमा सरकारले अनुसन्धान थालिसकेको बताएका थिए । उनले भनेका थिए, ’पासपोर्ट रोक्काको सम्बन्धमा तथा भ्रष्टाचारसँग जोडिएकाहरूको सम्बन्धमा राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको कुरा अवगत गराउन चाहन्छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्रीको चेतावनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्