हितेन्द्रलाई कुलमानको सन्देश– जेनजी पुस्ता र समयको माग बुझेर बाटो खुला गर्नू

असोज । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश पठाएका छन् ।
साउनमा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताएका छन् ।
नेपाल प्रेससँगको संक्षिप्त टेलिफोन कुराकानीमा मन्त्री घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् । आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ ।
शाक्य जेनजी आन्दोलनअघि नै सरकारी कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी आजै स्वदेश फर्किदैछन् । शाक्य आफैँले परिस्थिति बुझेर पद त्याग गरुन् भन्ने आशय मन्त्रीको रहेको निकट स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हितेन्द्रलाई कुलमानको सन्देश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्