शिक्षक, विद्यालय कर्मचारीहरुलाइ कार्यालय पोसाकमा टिकटक बनाउन निषेध
काठमाडौं, ३० भदौ । सरकारी तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले स्कुलको पोशाकमा टिकटक तथा भिडिओ बनाउन नपाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । कतिपय शिक्षक, कर्मचारीले बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्नेगरी कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक, भिडिओ बनाएर पोष्ट गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शिक्षक, कर्मचारीलाई त्यस्तो कार्य नगर्न निर्देशन दिन शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई पनि परिपत्र गरेको छ । भनिएको छ, ‘विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशानुसार अनुरोध छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #पोसाकमा टिकटक बनाउन निषेध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्