Techie IT
शनिबार, कात्तिक ९,२०८२

रामेश्वर खनालले तलब, क्वार्टर, गाडी सुविधा नलिने


काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका सुविधा नलिने भएका छन् ।

खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन् ।

आफ्ना व्यक्तिगत खर्च आफैं व्यवस्थापन गर्ने र पदमा रहेसम्म सरकारी सुविधा प्रयोग नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #रामेश्वर खनालले तलब


तपाईको कमेन्ट लेख्नुहोस्