कुलमानसहित यी तीन मन्त्रीको शपथ आज
भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूले शपथ ग्रहण गर्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।
त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहका कानुनी सल्लाहकार थिए ।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ । अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन । जेनजी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौं लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कुलमानसहित यी तीन मन्त्रीको शपथ आज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्