राजनीतिमा पुन सक्रिय विद्या भण्डारी, एमाले सदस्यता नवीकरणको पुष्टि , सुदृढ एमाले बनाउन फर्किएको प्रस्टोक्ति

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनका लागि एमाले पार्टीमा पुनः सक्रिय बन्ने उद्देश्यले आफ्नो सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन्। उनले एमाले नेतृत्वले गरेको निषेधलाई अवैध भन्दै त्यसविरुद्ध कडा प्रतिक्रिया दिएकी छन्।
एमालेद्वारा पार्टी सदस्यताबाट वञ्चित गरिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफूलाई पुनः राजनीति गर्न नदिने प्रयास संविधानको मर्म र भावना विपरीत भएको बताइन्। “सदस्यता नवीकरण भइसकेको विषय हो, यसलाई विवादको विषय बनाउनु आवश्यक छैन,” उनले भनिन्।
भण्डारीले आफू राजनीतिक पृष्ठभूमिबाट आएकी भएकाले नै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न सक्षम भएकी बताइन्। “म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रकै सर्वोच्च पदमा पुगेँ। राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर फेरि पार्टी राजनीतिमा फर्किनु कुनै अनौठो कुरा होइन,” उनले स्पष्ट गरिन्।
उनको भनाइमा, राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल पूरा गरेपछि अब पदको कुनै लालसा छैन, तर देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता यथावत् छ। “म राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम इतिहासमा दर्ज गरिसकेको छु, अब पदको चाहना छैन,” उनले भनिन्।
भण्डारीले एमालेको निर्णय आवेग र उत्तेजनामा आधारित रहेको भन्दै त्यसले पार्टीको साख नै गिराउने चेतावनी दिइन्। “मलाई सदस्यताबाट वञ्चित गराउने कुनै पनि वैधानिक कारण छैन,” भन्दै उनले उक्त निर्णयको वैधतामाथि प्रश्न उठाइन्।
उनले संविधानले कसैलाई पनि राजनीति गर्न नपाउने गरी दलबाट बहिष्कृत गर्ने अधिकार नदिएको स्पष्ट पार्दै भनिन्, “यो घामजत्तिकै छर्लङ् कुरा हो – जबजले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई आत्मसात् गरिसकेको छ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्या भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्