एमाले निर्णयपछि ०३९ साल काण्ड दोहोरिने सम्भावनाः विद्या भण्डारी टंक कार्की बन्लिन कि मदन भण्डारी ?

अन्ततः पूर्व राष्ट्रपति विद्या भण्डारीको एमाले अध्यक्ष बन्ने महत्वकांक्षा माथि ‘ब्रेक’ लागेको छ ।
योसँगै एमालेमा ओलीको एकक्षत्र राज थप केही वर्ष चल्ने निश्चित भएको छ भने भण्डारीको राजनीतिक भविश्य अनिश्चित बनेको छ । साथै आउँदो विधान महाधिवेशन र महाधिबेशन पछि उनी पक्षिय एमाले नेताहरुको हैसियत कस्तो होला भन्ने पनि शंका उठेको छ ।
तिनीहरुको परिणाम जेसुकै भएपनि माधव नेपालहरुको वहिर्गमन पछि एक ढिक्का रहेको एमाले अब स्पष्ट रुपमा ओली गुट र भण्डारी गुटमा बाँडिएको छ । सम्भवतः अब एमालेमा पनि कांग्रेसमा जस्तै संस्थापनले आफू इतरका गुटलाई पेल्ने र संस्थापन इतर गुटले पार्टीका हरेक निर्णयमा विरोध गर्ने प्रवृत्ति देखापर्नेछ ।
३९ साल काण्डको पुनरावृत्ति होला ?
तत्कालिन नेकपा एमाले भित्र विसं २०३९ सालमा घटेको काण्ड एमाले राजनीतिको लागि मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको लागि समेत एउटा ऐतिहासिक घटना हो । जुन काण्डबाट पार्टी भित्र सिपी मैनालीको अकण्टक नेतृत्व समाप्त भयो भने मदन भण्डारीको राजनीतिक उदयको शुरुवात भयो । यद्धपी ३९ साल काण्डपछि मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव बनेका थिए, तर त्यसको वास्तविक फाइदा भने मदन भण्डारीलाई भएको थियो, जहाँबाट उनी नेपाली राजनीतिको एउटा मिथकको रुपमा उदाए ।
२०३५ सालमा मालेको गठन हुनु अगाडि देखि नै सिपी मैनाली सर्वाधिक लोकप्रिय नेता थिए र उनको विरोधमा कसैले प्रश्न उठाउन सक्दैनथ्यो । तर, २०३९ सालमा एकाएक उनी अल्पमतमा मात्र परेनन्, अपमानजनकरुपमा महासचिवबाट निस्कासन गरिए, उनको ठाउँमा झलनाथ खनाल महासचिव बनाइए । त्योसँगै तत्कालिन माले र एमाले भित्र संस्थापन पक्षका ‘सात खुन’ माफ गर्ने र संस्थापन इतरलाई उठ्नै नदिने प्रवृत्तिको विकास पनि भयो ।
(स्वंय मदन भण्डारी भने तुलनात्मकरुपमा पार्टी भित्रका विपक्षी प्रति नरम थिए) जस्को कारण अनेरास्ववियुका तत्कालिन अध्यक्ष तथा त्यतिबेलाका सबैभन्दा चर्चित विद्यार्थी नेता टंक कार्की (हाल एमाले केन्द्रिय सदस्य) लगायतका नेताहरुको राजनीतिक भविश्य नै लगभग समाप्त भयो । उनीहरुलाई पार्टीको नेतृत्वमा आउनै दिइएन । त्यसैले एमाले वा अन्य कम्युनिष्ट पार्टी भित्र अहिले पनि पार्टीका नेताहरुको प्रतिवाद गर्ने नेता कार्यकर्तालाई ‘टंक कार्की बनाइदिने’ चेतावनी दिने गरिन्छ ।
एमाले भित्र पछिल्लो पटक बढिरहेको विवादसंगै एकातर्फ अध्यक्ष ओली र महासचिव शंकर पोख्रेल निकट नेताहरु भण्डारी पक्षका नेता कार्यकर्तालाई ‘टंक कार्की’ बनाइदिने चेतावनी दिइरहेका छन् । अर्काेतर्फ भण्डारी पक्ष भने सर्वशक्तिमान महासचिव रहेका सिपी मैनालीलाई एकाएक हटाएर झलनाथ खनाल महासचिव हुनु र त्यही पृष्ठभूमीमा मदन भण्डारीको उदय भएको स्मरण गर्दै अहिलेको केन्द्रिय कमिटी बैठकमा यस अघि कहिल्यै नभोगेको चुनौतिको सामना गरेका ओलीले भदौमा हुने विधान महाधिवेशनमा अझ ठूलो चुनौति भोग्ने र २०८४ को आम चुनाव अगाडि हुने अनुमान गरिएको पार्टीको महाधिवेशनसम्म पुग्दा अवस्था नै अर्काे हुने दावी र विश्वास गर्दै आएको छ । साँँच्चै त्यस्तो भएर भण्डारीको चामत्कारिक रुपमा उदय भएर ओली पक्ष रक्षात्मक होला ? यो हेर्न भने पर्खिने पर्छ ।
नयाँ पार्टी गठनको गृहकार्यः कति सहज ?
‘माझ किराँतकी छोरी हुँ, बाटो छेकिए पनि पछि हट्दिन, लडेरै छोड्छु’ मंगलबारको भण्डारीको भनाई र उनलाई पार्टी राजनीति गर्न नदिने निर्णय सँगै उनले नयाँ पार्टी गठन गर्न सक्ने अडकलबाजी पनि गरिदैंछ । भण्डारी नेतृत्व पार्टी गठन भएमा केवल एमालेका मात्र नभएर समाजवादी, माओवादी सहितका विभिन्न कम्युनिष्ट घटकका थुप्रै नेता कार्यकर्ताहरु समाहित हुने, रास्वपासहित नयाँ पार्टीका नेता कार्यकर्ता र बालेन लगायतका स्वतन्त्र समुहहरु पनि सहभागि हुने दावी भण्डारी निकट एक एमाले नेताको छ । ‘२०८४ मै सके देशकै सबैभन्दा ठूलो पार्टी, नभए निर्णायक शक्ति बन्ने गरि पार्टी गठन हुने सम्भावना पनि छ । दशैं अगाडि नै धेरै कुरा टुंगो लाग्छ’ ती नेताले मेरो लगानीसँग भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले निर्णयपछि ०३९ साल काण्ड दोहोरिने सम्भावनाः
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्