Techie IT
बुधबार, साउन ८,२०८२

चाँगुनारायणमा खानेपानी उद्योगहरूको अनुगमन, स्थानीय तहमा बिना दर्ता सञ्चालित


प्रदिप ढकाल, भक्तपुर
श्रावण ०५ , सोमबार
चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित पाँच खानेपानी उद्योगहरूको अनुगमन गरेको छ।

चाँगुनारायण नगरपालिकाको वडा नं मा सञ्चालित एस. एन. टप बेभरेज प्रा. लि , भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रा. लि, झौखेल उच्च बेभरेज प्रा. लि, . के. मिनरल वाटर प्रा. लि जय छुँमा गणेश शुद्ध खानेपानी प्रा. लिमा आज अनुगमन गरिएको छ।अनुगमन टोलीले उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता सम्बन्धी अवस्था, बिक्रि भएका पानीको अभिलेख,पानीको स्रोत तथा क्वालिटी रिपोर्टको स्थलगत निरीक्षण गरेको हो।

अनुगमनका क्रममा पानी जारहरूको गुणस्तरमा सुधार आवश्यक देखिएको, कतिपय उद्योगले नगरपालिकामा दर्ता नगरेको, उत्पादनस्थल वरपरको स्वच्छता असन्तोषजनक अवस्थामा रहेको पाइएको छ। अनुगमन पछि नगरपालिकाले दिनभित्र अनिवार्य रूपमा नगरपालिकामा दर्ता प्रक्रिया पूरा गर्नुपर्ने, पानी प्रशोधनको प्रक्रिया अझ व्यवस्थित बनाउन सरसफाइमा ध्यान दिने, लेबलिङ्गमा सुधार गर्ने गुणस्तरको रिपोर्ट अद्यावधिक राख्ने जस्ता निर्देशन दिएको छ।

नगरपालिकाले आगामी दिनहरूमा निर्देशनको कार्यान्वयन अवस्था पुनः अनुगमन गर्ने जनाएको छ। पालना नगर्ने उद्योगहरूलाई कानुनी प्रक्रिया अनुसार कडा भन्दा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Mostly Cloudy
5:20 am6:59 pm +0545