Techie IT
मंगलबार, साउन ७,२०८२

नेपालले सागोरिकालाई रोक्न सकेन, बंगलादेश पाँचौं पटक च्याम्पियन


काठमाडौं । सिनियर राष्ट्रिय टोलीका सदस्य मोसम्मत सागोरिकाको सानदार प्रदर्शनप्रेरित बंगलादेशले पाँचौं पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

सोमबार राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिना रंगशालामा सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशले नेपालमाथि ४–० को सहज जित हासिल गर्यो । बंगलादेशका लागि सबै गोल स्ट्राइकर सागोरिकाले गरिन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा तीन गोल थप्यो । जितसँगै ६ खेलमा स्पष्ट १८ अंक जोड्दै बंगलादेश च्याम्पियन बन्न सफल भएको हो । डबल राउन्ड पद्धत्तिको प्रतिस्पर्धामा बंगलादेशले उपविजेता नेपाललाई ६ अंकले पछाडि पार्यो ।

प्रतियोगिताकै सर्वाधिक सफल टोली बंगलादेशले लगातार दोस्रो संस्करण उपाधि जितेको हो । ढाकामै भएको अघिल्लो संस्करणमा भारत र बंगलादेशले संयुक्त रुपमा उपाधि जितेको थियो ।

तीन खेलको प्रतिबन्धपछि फर्किएकी सागोरिकाले नेपाली रक्षापङ्क्तिलाई खेल अवधिभर हम्मे हम्मे पारिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालले सागोरिकालाई रोक्न सकेन, #बंगलादेश पाँचौं पटक च्याम्पियन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545