टोखामा समातिए सेयर बजारका बादशाह

काठमाडौं । सेयर बजारका बादशाह दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले टोखाबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगी र विश्वासघातको कसूरमा पक्राउ गरिएको परिसरका प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनीविरुद्ध २२ करोड ठगीको अरोप छ। उनले शेयर कारोबार मार्फत लगानीकर्ता र धितोपत्र दलाल कम्पनीलाई ठगी गरेको भन्दै नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्चालको दूरुपयोग गर्दै शेयर बजारबारे गलत अफवा फैलाउँदै आएका थिए । सामाजिक सञ्चाल टिकटक मार्फत उनले विभिन्न कम्पनीहरुको शेयर खरिद गर्न उक्साउँथे । लगानीकर्ताले सो कम्पनीहरुको शेयर खरिदगर्न थालेपछि उनले सो कम्पनीको शेयर बिक्री गर्ने गरेको प्रहरीको भनाई छ । अग्रवालले १५ वटा टीएमएस आफैले सञ्चालन गर्ने र आफ्नो शेयर आफैले किनबेच गर्ने गर्दथे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा समातिए सेयर बजारका बादशाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्