शैलुनहरु बन्द भएपछि भृकुटीमण्डपमा पत्रकारले नै काट्छन पत्रकारको कपाल
काठमाडौं, २० वैशाख । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिनका लागि देशमा लकडाउन जारी छ । लकडाउनका कारण अति आवश्यक पर्ने खाद्यान्न, औषधि लगायतका पसल बाहेक अन्य सेवा प्रदान गर्ने अधिकाँश निकायहरु बन्द छन् ।
कपाल काट्ने शैलुनहरु पनि बन्दकै अवस्थामा छन् । तर निरन्तर देश र जनताको सेवामा समर्पित पत्रकारहरुका लागि आफुले सकेको सहयोग गर्न एक पत्रकार भने एक हातमा कलम र अर्को हातमा कपाल काट्ने मेसिन लिएर फिल्डमा दौडधूप गर्दैछन् ।
पत्रकार टेकनाथ न्यौपानेले पत्रकारहरुको कपाल निःशुल्क रुपमा काट्ने काम गरिरहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले बताए । अध्यक्ष बिडारीले भने, “टेकनाथ जीले पत्रकार साथीहरुको कपाल काट्न इच्छुक भएमा आफुसँग मेसिन र सिप दुबै भएको जानकारी शाखामा गराउनुभएकाले यसका लागि मैले साथीहरुलाई जानकारी गराएको हुँ ।” उनले थपे, “शाखाको समन्वयमा मिडिया मिशनका अध्यक्ष समेत रहेका पत्रकार न्यौपानेले मानवीय सेवाका भावले स्वस्फूर्त रुपमा कपाल काट्ने काम गर्नु भएको हो ।”
न्यौपानेले नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यालय परिसर भृकुटीमण्डपमा पत्रकाहरुको कपाल काट्ने कार्य गरेका हुन् । गत बिहीबारदेखि कपाल काट्ने कार्य सुरु भएको हो । पहिलो दिन आफुले एक सय जनाको कपाल काटेका न्यौपानेले बताए । न्यौपानले दोस्रो दिन करिव आधा दर्जनको कपाल काटेका थिए ।
यो कार्य अझै केही दिन जारी रहने जनाइएको छ । इच्छुक पत्रकारहरुलाई शाखामा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।
झिल्को बाट
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारको कपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्