एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं बैठक , मनोनित नयाँ सदस्यले गरे सपथ (सूचि सहित)

काठमाडौं, असार । नेकपा ९एमाले० काठमाडौं जिल्ला कमिटीको छैठौं बैठक टोखा–झोरमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टी महासचिव शंकर पोखरेलको विशेष उपस्थिति रहेको थियो।
बैठकमा इन्चार्ज आनन्द पोखरेल, पोलिटब्यूरो सदस्य कृष्ण राई, रामेश्वर फुँयाल, केन्द्रीय सदस्य सरीता न्यौपाने, डा। सुरेन्द्र मानन्धर, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उप–महासचिव भक्ति कुमारी लामा लगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा पार्टीको संगठन विस्तार, मतदाता केन्द्रित अभियान, जनसंगठनहरूको अधिवेशन, सांस्कृतिक जागरण तथा युवा लक्षित कार्यक्रमहरूका विषयमा गहन छलफल तथा महत्वपूर्ण निर्णयहरू गरिएका छन्।
बैठककै अवसरमा हालै जिल्ला कमिटीमा मनोनयन भएका फणिन्द्र पौडेल, संगीत आचार्य, गीता पोखरेल, लव केसी, अर्मीला बिक, घनश्याम खड्का, धर्मराज लामीछाने र राकेश सिंहले औपचारिक रूपमा सपथ ग्रहण गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्