Techie IT
आईतबार, असार १५,२०८२

एन्जल्स हार्टबाट एसईईमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौं । तारकेश्वर वडा नं. १० मा अवस्थित एन्जल्स हर्ट माध्यमिक विद्यालयले २०८१ सालको एसईई परिक्षामा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ । ५७ जना विद्यार्थीले एसईई परिक्षामा सहभागी भएर सतप्रतिशत उत्तिर्ण भएको विद्यालयका प्राचार्य धन पुनले फरकपत्र डटकमसँगको कुराकानीमा बताएका छन् ।

५७ जना विद्यार्थीमध्ये ३.६१ देखि ३.९१ जीपीए ल्याउने विद्यार्थीको संख्या ३० रहेको छ । २० जना विद्यार्थीले ३.२ देखि ३.६० जीपीए ल्याउन सफल भएका थिए । बाँकी ७ जना विद्यार्थीले भने २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।

एन्जल्स हार्ट तारकेश्वर १० को उत्कृष्ट विद्यालय हो । यस विद्यालयमा पिजीदेखि ब्याचलरसम्म एउटै भवनबाट अध्ययापन गर्न सकिन्छ । स्वच्छ र खुला वातावरणमा भएको विद्यालय विद्यार्थीमैत्री विद्यालय हो । सीमित सिटमा विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षा दिने उद्देश्य लिएको एन्जल्स हार्टले नयाँ भर्ना खुल्ला गरिएको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एन्जल्स हार्टबाट एसईईमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:09 am7:04 pm +0545