काठमाण्डौँको काठ चक्रपथ: भ्रमको बादलभित्र लुकेको यथार्थ

लेखनाथ फुँयाल
प्रजातन्त्रपछि २०५१ सालमा काठमाण्डौं जिल्लाको उत्तरी भेगका जनतालाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले काठ चक्रपथको अवधारणा अघि सारियो। त्यसबेला जिल्ला परिषद्मा नेकपा ९एमाले० को बहुमत सहित उपसभापति पनि एमालेकै भएकाले काठ चक्रपथ निर्माण गर्ने बृहत् प्रस्ताव पारित भयो।
पूर्वमा साखु(गागेश्वरी हुँदै गोकर्ण खण्ड र पश्चिममा गोकर्ण(टोखा(काभ्रेस्थली हुँदै तिनपिप्ले दोस्रो खण्ड गरी दुवै खण्डको सर्वेक्षण गर्ने निर्णय भयो। सर्वेपछि उपभोक्ता समिति गठन गरियो, जसमा प्रत्येक क्षेत्रीय सदस्य र गा।वि।स। अध्यक्षहरू सदस्य रहने गरी समिति बनाइयो। म स्वयं पनि सो समितिको सदस्य थिएँ। गोकर्ण–टोखा–काभ्रेस्थली–तिनपिप्ले खण्डलाई दुई भागमा विभाजन गरियो, जसमा टोखा–मालुङ्ग–साङ्गला–काभ्रेस्थली–फेदी–तिनपिप्ले खण्डको जिम्मेवारी मलाई दिइयो।
म संयोजक भएपछि सर्वेक्षण कार्य सम्पन्न भयो। त्यसपश्चात २०५२ सालमा सडक रेखांकन तथा निर्माणको जिम्मेवारी आयो। एकातिर गा।वि।स।को काम, अर्कोतर्फ उपभोक्ता समितिको कामले मलाई अत्यन्तै व्यस्त बनायो। गा।वि।स।को बैठक राखेर स्रोत अभाव भए पनि आवश्यक इन्धन खर्च गा।वि।स।ले व्यहोर्ने निर्णय गरियो। क्षेत्रीय सदस्य केशव खड्काको सहयोगमा डोजर भाडामा लिइ ०५२ मंसिरबाट सडक निर्माण कार्य सुरु गरियो।
सडक निर्माणका क्रममा अधिकांश ठाउँमा गोरेटो बाटोसमेत थिएन, जनताको खेत कान्ला काट्नुपर्ने भयो। धेरै किसानको बाली लगाइएको खेत बिगार्नुपर्यो। तर, यस गा।वि।स।का किसान दाजुभाइलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, किनभने पार्टीको भिन्नता नभनी—एमाले, कांग्रेस, राप्रपा—सबै मिलेर “यो हाम्रो विकास हो” भनी एकजुट भएर साथ दिएका थिए।
६ कि।मी। सडकको नाका खोल्नुपर्ने थियो, जसमा तिनपिप्ले–फेदीसम्म नाका खोलियो। बाँकी ४।५ कि।मी। फेदी–काभ्रेस्थली–साङ्गला–टोखा भाग थियो। यस खण्डको इन्धन खर्च पनि गा।वि।स।ले व्यहोरेको थियो। डोजर ठेक्कामा लिइएको थियो। सडक नहुँदा उकाली–ओरालीको जमीनमा डोजर उकाल्न दुई ठाउँमा समस्या आयो। घट्टेखोला र कोइराले खोलामा डोजर चढाउन नसकिँदा स्थानीय स्रोत साधन, कुटो–कोदालोको सहयोगमा धेरै काम भयो। डोजरका लागि आवश्यक इन्धन काभ्रेस्थलीदेखि बालाजु ९अन्दाजी ८ कि।मी।० हिँडेर ल्याउन वडा अध्यक्षहरू नै लागेका थिए भन्ने म अझै झलझली सम्झन्छु।
त्यसबेला अहिलेको जस्तो आधुनिक डोजर थिएन। जस्तोतस्तो अन्दाजी २ कि।मी। सडक बनाउँदासम्म वर्षा सुरु भयो र डोजर विरुवा खोल्सामा पुगेर रोकियो। २०५३ सालमा पुनः रोकिएको ठाउँबाट निर्माण कार्य सुरु भयो। थुम्की डिलसम्म पुग्दा केही जनताले विवाद गरे र नयाँ मार्गबाट बाटो बनाउन थालियो। जब कार्की पधेँरो नजिक पुगियो, निर्माण कार्य रोकियो। केही पुराना पञ्च अवशेष बोकेका व्यक्तिले आफ्नो जग्गा पर्छ भनेर निर्माण रोकाए। त्यसपछिको वर्ष २०५४ मा मेरो कार्यकाल पूरा भई गा।वि।स।मा नेपाली कांग्रेस विजयी भयो।
यसपछिका केही वर्ष सडक निर्माण रोकियो। २०५५ सालमा जिल्ला उपसभापति रामेश्वर फुयाँलको पहलमा जिल्ला विकास समितिको खर्चमा मलाई पुनः जिम्मेवारी दिइयो। पुनः जनताको सहयोगमा पहिलेको सर्वे भएको मार्गबाट सडक निर्माण गरियो। केही जनतासँग विवाद भए तापनि सडक गन्तव्यसम्म पुर्याउन सफल भयौं। सुरुदेखि अन्त्यसम्म जनतालाई एउटा विश्वास दिलाएको थिएँ—“म गा।वि।स। अध्यक्ष नभए पनि यो सडक पूरा गर्छु” भनेर।
काठमाण्डौं क्षेत्र नं ६ मा पर्ने यस सडक क्षेत्रबाट दुई कार्यकाल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधान, माओवादी सांसद हितमान शाक्य, र रापपा। सांसद शिशिर खनाल पटक–पटक मन्त्री भए पनि यस क्षेत्रको ४।५ कि।मी। सडकमा एक रुपैयाँ पनि खर्च गरेनन्। के यस सडकमा धेरै जनता चल्दैनन् भनेर हो त ? यस्तो सोचले बनाइएको सडकलाई प्रयोग गर्नेलाई प्रश्न गर्न चाहन्छु—“यदि प्रयोग गर्नुहुन्छ भने, किन आफ्ना सांसदलाई यो विषयमा बोल्न सक्नुहुन्न ?”
स्थानीयले पुनः खेत–बारीमा खेती गर्न थालेपछि मलाई धेरै दुख लाग्यो। तर, बुझाई बुझाएर गोरेटो बाटो भने पनि खोल्न सफल भयौं। तारकेश्वर नगरपालिका बनेपछि पार्टीले संयन्त्रको जिम्मा मलाई दियो। फेरि डोजर चलाएर सडक मर्मत गरियो, कतै ग्रावेल हालियो, कतै कल्भर्ट राखियो। २०७४ को स्थानीय चुनावपछि तारकेश्वर नगरपालिकामा एमाले विजयी भएपछि ग्रावेल, ड्रेन र वाल बनाउने काम भयो। प्रदेश ‘ख’ मा पनि एमाले विजयी भएपछि नगरपालिका र प्रदेश सरकारबीच ड्रेन र वाल नगरपालिका, र पिचिंग प्रदेश सरकारले गर्ने सहमति भयो। २०७७ मा १,३०० मिटर सडक पिच गरियो, तर ड्रेन र वाल नहुँदा पिच पूर्ण हुन सकेन।
२०७८ को चुनावपछि न नगरपालिकाले एक मिटर वाल वा ड्रेन बनायो, न संघ सरकारले चासो दियो। अन्ततः २०८१ सालमा प्रदेश सरकारले २०७७ मा पिच भएको स्थानदेखि पश्चिम फेदीसम्म र त्यहाँबाट साङ्गला–मालुङ्गसम्मको पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरी सडक शिलान्यास गर्यो। झण्डै ३० वर्षपछि यो सडक कालोपत्रे भयो भन्ने कुरा यहाँका जनताले हर्षपूर्वक मनाएका छन्। म स्वयं पनि अत्यन्तै खुसी छु।
यसैले “प्रदेश आवश्यक छैन” भन्ने केही बुढाबुढीलाई भन्न चाहन्छु—बागमती प्रदेश सरकारले पुर्याएको योगदानप्रति कृतज्ञ हुन पर्दैन ररु संघले २० वर्षसम्म वास्ता नगरेको सडक प्रदेश सरकारले बनायो, यो खुसीको कुरा होइन ररु
काठमाण्डौं राजधानी नजिकैको यो सडक, जुन नुवाकोट–काठमाण्डौंको नाका पनि हो, अब उपेक्षा गर्न सकिन्न। यस काठ चक्रपथले निरन्तरता पाएकोमा हामी गर्वित छौं। यसै सन्दर्भमा आगामी संघीय निर्वाचनमा यस क्षेत्रका अधिकांश जनता नेकपा एमालेबाट यही क्षेत्रकै उम्मेदवार चाहन्छन्। बाहिरबाट भाडाका उम्मेदवार नल्याई, यही क्षेत्रका मतदाताबाट उम्मेदवारी दिए आगामी पुस्ताले ३० वर्ष होइन, ५ वर्षमै परिवर्तन अनुभव गर्न पाउने थिए भन्ने सुझाव म पार्टी नेतृत्वलाई दिन चाहन्छु।
धन्यवाद।
उही दिन–दुखी
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँठ चक्रपथ, #लेखनाथ फुँयाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्