संखुवासभाका सुनचाँदी पसलहरू अनिश्चितकालीन बन्द

संखुवासभा, असार १४ — सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन र बहुमूल्य पत्थरमा कर बढाएपछि संखुवासभाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । जिल्लामा क्रियाशील तीन दर्जनभन्दा बढी सुनचाँदी पसलहरू शुक्रबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको संखुवासभा शाखाले सरकारको नयाँ कर नीतिको विरोधस्वरूप जिल्ला भरका पसलहरू बन्द गरेको हो । संघका शाखा अध्यक्ष जनक पौडेलीका अनुसार, नयाँ बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा रत्नमा १३ प्रतिशत कर लागु गरिएको छ । जसले व्यवसाय सञ्चालनमा गम्भीर असर पार्ने देखिएको छ ।
व्यवसायीहरूले भन्सार दर ६ प्रतिशतमा कायम गर्नुपर्ने, सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा कार्यविधि आवश्यक रहेको र लगाइएका अव्यवहारिक करहरू तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् ।
नयाँ कर प्रणालीले व्यवसाय नै धरापमा पार्ने खतरा देखिएको छ, अध्यक्ष पौडेलीले भन्नुभयो, सरकारले व्यवसायीहरूसँग परामर्श नगरी एकतर्फी निर्णय गरेकाले हामी बाध्य भएर आन्दोलित भएका हौं ।’
सुनचाँदी व्यवसायीहरू हाल देशव्यापी रूपमा चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । संखुवासभाका व्यवसायीहरूले पनि केन्द्रका निर्देशनअनुसार आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पसलहरू बन्द गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनिश्चितकालीन बन्द, #कर, #नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्