एलिना र समीक्षाको ‘एक्सपोज’ अभियानलाई प्रधानमन्त्रीको साथ, ‘साहसी छोरीहरु’ भन्दै गरे प्रशंसा

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीलाई ‘साहसी छोरीहरु’ भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताएका छन् ।
केही दिनदेखि एलिना र समीक्षाले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको अभद्र टिप्पणीसहित प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकामा प्रधानमन्त्री ओलीले यो तरिका सही लागेको उल्लेख गरेका हुन् ।
“आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ ।” शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।”
अभद्र टिप्पणी गर्नेहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले एलिना र समीक्षासँग माफी समेत मागिरहेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘साहसी छोरीहरु’ भन्दै गरे प्रशंसा, #breaking, #एलिना र समीक्षाको ‘एक्सपोज’ अभियानलाई प्रधानमन्त्रीको साथ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्