मुकुलको रिटमा सर्वोच्चले १७ असारमा रास्वपालाई छलफलमा बोलायो

आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा फर्काउन माग गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट निवेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले रास्वपासहितका विपक्षीहरुलाई छलफलमा बोलाएको छ ।
बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको बहसपछि १७ गते छलफलका लागि बोलाउने आदेश भएको हाे ।
रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएपछि उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा। ढकालले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
रास्वपाले करिब एक वर्षअघि ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार गरेको तथा पार्टीको छविमा आँच पुऱ्याएको भन्दै महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत निलम्बन गरेको थियो । ढकालले भने पार्टीको उक्त कारबाही अवैधानिक भएको जिकिर गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डा. मुकुल ढकाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्