Techie IT
बिहीबार, असार १२,२०८२

विष्णुमतीमा कसरी खस्यो कार, चालक कसरी बाहिर निस्किए ?


काठमाडौं । कमेडी नाइट्स विथ च्याम्पियन्सको पछिल्लो एपिसोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका कलाकार प्रभात लामाले आफूलाई धम्की आएको गुनासो गरेका छन् । सो एपिसोड प्रशारणपछि पूर्वराजाका समर्थकले फोन गरेरै धम्की दिएको उनको भनाइ छ ।

लामाले फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अंकमा मैले पुर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर पछि केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ । म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईंको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस् ।’

यस विषयमा लामासँग हामीले थप बुझ्न खोज्दा उनले भने, ‘आज बिहानै फोन आयो । फोनमा ‘हाम्रो राजा भनेको विष्णु भगवानको अवतार हो, तैंले कसरी आँट गरिस्,’ भनेर मुख छाडेर गाली गर्नुभयो ।’

साथै ‘राजसंस्थालाई सम्मान गर्न सिक्’ भनेर समेत थर्काएको उनले बताए । लामाले भने, ‘मेरो राजसंस्थाप्रति कुनै दुश्मनी छैन । म राजनीति गर्नलाई कमेडीको स्टेजमा गएको पनि होइन । मैले कलाको सम्मान गर्ने हो । अनेक परिस्थितिमा गणतन्त्रकै सन्दर्भमा पनि मैले व्यंग्यात्मक प्रस्तुति दिएको छु ।’

फोन कलको अलवा म्यासेजहरु टन्नै आइरहेको, कमेन्टहरुमा समेत आफूलाई गालीगलैज गरिरहेको उनले बताए । उनले भने, ‘गेस्टको रुपमा राजावादीहरु ज्ञानेन्द्र शाही, खुश्बु ओली र स्वागत नेपाल आउनुभएपछि पूर्वराजाको क्यारिकेचर गरेको थिएँ । कमेडीमा लुक्सले पनि महत्व त राख्छ, तर लुक्सभन्दा मेजर कुरा विषयवस्तु हो । यही कारण पूर्वराजाको क्यारिकेचर गर्ने आँट गरेको थिएँ । मैले कलाकारको रुपमा क्यारिकेचर गरेको हुँ । मेरो जातलाई नै जोडेर गाली नगरिदिनुभएको भए हुन्थ्यो । ’

कमेडी नाइटस् विथ च्याम्पियनको १३ औं एपिसोडमा लामाले पूर्वराजाको क्यारिकेचर गरेका थिए । उनको प्रस्तुति औसत थियो । यसअघि उनले निर्वाह गरेको पूर्वमन्त्री अफताव आलमको पात्रले चर्चा र प्रशंसा पाएको थियो । त्यसको तुलनामा पूर्वराजाको क्यारिकेचर भने ‘ह्यूमरस’ हुन सकेन । यो एपिसोडका अन्य प्रस्तुतिहरु भने निकै मन पराइएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चालक कसरी बाहिर निस्किए ?, #विष्णुमतीमा कसरी खस्यो कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Light Rain
5:08 am7:04 pm +0545