नगर प्रमुख र उपप्रमुखको लफडा मिलेपछि पनौतीको बजेट पास

काभ्रे । प्रमुख-उपप्रमुखबीचको विवाद मिलेसँगै काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ ।
उपप्रमुख गीता बञ्जाराले बुधबार आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालुतर्फ ८१ करोड १५ लाख ३० हजार र पूँजीगततर्फ ७९ करोड ९५ लाख ८१ हजार रुपैयाँ छ ।
प्रस्तुत बजेटमा ४४ करोड २५ हजार आन्तरिक आयबाट र २० करोड ४१ लाख ९० हजार रुपैयाँ राजस्व बाँडफाँटबाट मिलाइने उल्लेख छ ।
यसअघि ९ असारको नगरसभा बैठक नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका थिए । जसका कारण नगरप्रमुख रामशरण भण्डारीले बुधबारका लागि बैठक आह्वान गर्दै नगरसभा स्थगित गरेका थिए ।
कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएको भन्दै उपप्रमुख बञ्जारासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा बहिष्कार गरेका थिए ।
नगरपालिकामा बचेको ३६ करोड स्रोतमध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भए पनि सहमतिअनुसार बजेट नआउने देखेपछि नगरसभा बहिष्कार गरिएको उपप्रमुख बञ्जाराले बताएकी थिइन् ।
बञ्जाराका अनुसार प्रमुख र उपप्रमुखले ९ करोड ५० लाखका दरले बाँड्ने सहमति भएको थियो । तर पछि नगरका गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।
विपद्, बसपार्क, पनौती बजार खानेपानी, मुख्य बजारमा बत्ती जडानमा राखिएको रकम लगायतका नगरका गौरवका केही योजनामा ५ करोड विनियोजन भएकोमा असन्तुष्ट बनेकी उपप्रमुखसहित एमाले समर्थित जनप्रतिनिधि नगरसभामा उपस्थित नभएर सभा स्थगित भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नगर प्रमुख र उपप्रमुखको लफडा मिलेपछि पनौतीको बजेट पास
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्