Techie IT
बुधबार, असार ११,२०८२

नागार्जुन नगरपालिकाको ११औं नगरसभा सम्पन्न, २ अर्ब ३९ करोडको बजेट सार्वजनिक


नागार्जुन, काठमाडौं । नागार्जुन नगरपालिकाको ११औं नगरसभा अधिवेशन २०८२ असार १० गते भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमार्फत आर्थिक वर्ष २०८२र०८३ का लागि नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो।

कार्यबाहक नगर प्रमुख सुसिला अधिकारीले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षका लागि कुल रु। २ अर्ब ३९ करोड ७१ लाख ६८ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ।

प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रोजगारी प्रवर्द्धन, डिजिटलीकरण, लैङ्गिक समानता तथा समावेशिता लगायतका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको छ।

नगरसभामा बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठ, पूर्व मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरपालिकाका कर्मचारी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस नगरसभामार्फत पारित नीति तथा कार्यक्रमले नगरको समग्र विकासमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नागार्जुन नगरपालिकाको ११औं नगरसभा सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunder
5:08 am7:04 pm +0545