Techie IT
बुधबार, असार ११,२०८२

एमाले सचिवालय बैठक बस्दै


काठमाडौं, ११ असार । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ ।

एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले सचिवालय बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:08 am7:04 pm +0545