‘मलाई हटाएर कसैले म अध्यक्ष बन्छु भन्ने आँट गर्नसक्छ, तर राप्रपा फुटाउँछु भन्न सक्दैन’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी स्थापनादेखि नै विभाजित भएकै कारणले अहिले आफूहरूले दुःख पाउनुपरेको बताएका छन् ।
शंखरापुर नगर कार्य समितिद्वारा आयोजित जनजागरण तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको कार्यकर्ता नभई व्यक्तिको कार्यकर्ता हुन थालेपछि पार्टी कमजोर भएको औँल्याए ।
उनले भने, ‘विभाजन र टुटफुटको कारणले हामी २०७४ को चुनावमा आइपुग्दा एक सीटको पार्टी भयौँ। हामी राष्ट्रिय पार्टी पनि भयौँ। हामीले सिंहदरबार जाँदा पनि प्रवेश नपाउने दुःखद दिन व्यहोर्नपर्यो । गएको महाधिवेशनपछि कोहीले छाड्यो होला, कोही आएर जोडियो होला, तर औपचारिक रूपमा हामीले विभाजनको कुरा सुन्न पनि परेको छैन ।’
अध्यक्ष लिङदेनले पार्टी फुटाउँछु भनेर कसैले कल्पना पनि गर्न नसक्ने बताए ।
उनले थपे, ‘कसैले पार्टी छोड्छु भनेर धम्की लगाउँछ होला अथवा कसैले तँलाईं अध्यक्षबाट हटाएर म अध्यक्ष बन्नु भन्ने आँट गर्छ होला, तर पार्टी फुटाउँछु भनेर कसैले कल्पना गर्दैन ।’
उनले गएको तीन वर्षदेखि राप्रपाको कार्यकर्ता भन्दा लजाउनु नपर्ने अवस्थाको सिर्जना भएको भन्दै व्यक्तिकोबाट पार्टीको कार्यकर्ता भएको जिकिर गरे ।
कांग्रेस, एमाले र माओवादी हुँ भन्नेहरूले जनताको बीचमा जाँदा लाज मान्नुपर्ने अवस्था रहेको जिकिर गरे। राजसंस्था र प्रजातन्त्र एक अर्काको विकल्प नभएको भन्दै सँगै जानसक्ने पनि उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #‘मलाई हटाएर कसैले म अध्यक्ष बन्छु भन्ने आँट गर्नसक्छ, #breaking, #तर राप्रपा फुटाउँछु भन्न सक्दैन’
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्