Techie IT
सोमबार, असार ९,२०८२

सिकार खेल्न जंगल छिरेकाहरू कार र बन्दूक छाडेर फरार


विराटनगर । प्रहरीको गाडी देखेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको अमाहा जंगलमा सिकारी टोली राइफल र कार छाडेर भागेको छ ।

सिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै कार छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट बा. ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक बन्दुक बरामद गरेको छ । उनीहरू ५ जनाको समूह रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कारको नम्बरका आधारमा फरारहरूको पहिचान भइसकेको छ । उनीहरूलाई खोज्न प्रहरी परिचालन गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिकार खेल्न जंगल छिरेकाहरू कार र बन्दूक छाडेर फरार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:07 am7:04 pm +0545