यूएनएससीको आपतकालीन बैठक : रुस र चीनद्वारा अमेरिकी आक्रमणको कडा निन्दा

काठमाडौं, ९ असार । आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए ।
यता, अमेरिकाले इरानमाथि आक्रमण गर्ने आफ्नो कारबाहीलाई जायज भन्यो । अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो संकल्प दोहोर्यायो । अमेरिकाले इजरायलको पक्ष लिँदै भन्यो कि कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न अनुमति दिइने छैन ।
बैठकमा रुस र चीनले अमेरिकी आक्रमणको कडा निन्दा गर्यो र पाकिस्तानले इजरायल र इरानबीच युद्धविरामको प्रस्ताव राख्यो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानको अवस्थाप्रति चिन्ता व्यक्त गरे । अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई सम्पूर्ण विश्वका लागि खतरनाक भन्दै उनले सबै सदस्य राष्ट्रहरूलाई कूटनीतिमार्फत विवाद समाधान गर्न सल्लाह दिए ।
यता, विश्वका नेताहरुले मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्व रोक्न आह्वान गरेपछि चीन, रुस र पाकिस्तानले इजरायललाई सीमा नाघ्न नदिन आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यूएनएससी)को आपतकालीन बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्