टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोडको बजेट पारित

टोखा । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ८० करोडको बजेट पारित गरेको छ। उपप्रमुख मुरारी तामाङका अनुसार बजेट नीतिगत कार्यक्रमहरू कार्यान्वयन गर्न लक्षित गरी विनियोजन गरिएको हो।
पारित बजेटमध्ये चालु खर्चतर्फ रु. ७७ करोड ८६ लाख ८६ हजार अर्थात् ४३.२६ प्रतिशत, पूँजीगत खर्चतर्फ रु. १ अर्ब २ करोड ३ लाख १४ हजार अर्थात् ५६.६८ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ रु. १० लाख अर्थात् ०.०६ प्रतिशत रकम छुट्याइएको छ।
बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन यथास्थितिमा आधारित छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट रु. ५८ करोड ९० लाख २९ हजार, प्रदेश सरकारबाट रु. १४ करोड ११ लाख ५३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट रु. २३ करोड, आन्तरिक तथा अन्य आयबाट रु. ३५ करोड २३ लाख १८ हजार, जनसहभागिताबाट ७५ लाख, र चालु आर्थिक वर्षबाट बाँकी रहेको रु. ४८ करोड बजेटमा समावेश गरिएको छ।
उपप्रमुख तामाङले बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण, दिगो विकास तथा नवप्रवर्तनमा जोड दिने बताए। नगरपालिकाले कार्यान्वयन प्रक्रिया पारदर्शी, समावेशी र नतिजामूलक हुने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोडको बजेट पारित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्