Techie IT
शुक्रबार, असार ६,२०८२

दैलेखको पेट्रोलियम अन्वेषण सफलता, प्रधानमन्त्रीले सम्झिए समर्थन र विरोधका ती दिन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षअघि आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम खानीको काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइएको छ ।

यो भनेको नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार हो । २०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो ।

ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

चौथोपटक ओली प्रधानमन्त्री बनेका बेला प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह पैदा गरेको छ । अन्तिम प्रतिवेदन भने डिसेम्बरमा आउनेछ ।

ओलीले पहिलो कार्यकालमा यो परियोजनाको कुरा गर्दा कतिपयले ट्रोल समेत गरेका थिए ।

प्रधानमन्त्रीले भनेका छन्- दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दैलेखको पेट्रोलियम अन्वेषण सफलता, #प्रधानमन्त्रीले सम्झिए समर्थन र विरोधका ती दिन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545