बुटवल-नारायणगढ सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

रूपन्देही । बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी मधु नेपालले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका हुन् ।
केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवलतर्फ जान र काठमाडौँबाट पश्चिमतर्फ जाने सवारी साधनलाई पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको नै बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनलाई समेत बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा तय गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी कोरिडोर अन्तर्गतको गैँडाकोट-पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।
केही दिन यतादेखि भइरहेको निरन्तर वर्षाले विनयी खोलाको डाइभर्सन पटक पटक बगाउँदा बुटवल दाउन्ने सडक खण्ड अवरुद्ध छ । निर्माणाधीन यो सडक अन्य धेरै ठाउँमा बनेपनि दाउन्नेको उकालोमा बाँकी रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुटवल-नारायणगढ सडक अवरुद्ध, #वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्