दीपक मनाङेको संसद पद गयो, मनाङ ‘ख’ आजबाट खाली भएको संवैधानिक इजलासको निर्णय

काठमाडौं । २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको प्रदेश ‘ख’ रिक्त भएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले सो निर्णय लिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले गरेको निर्णयसँगै सो मनाङ ‘ख’ मा उपचुनाव गर्न बाटो खुलेको छ ।
दीपक मनाङ चुनावका लड्नका लागि नै अयोग्य रहेको भनेर पहिल्यै रिट दर्ता भएको थियो । आज सर्वोच्चको संवैधानिक इजलासले आजको मितिबाट उनी पदमुक्त भएको निर्णय गरेको हो । हाल थुनामा रहेका उनी निलम्बनको अवस्थामा थिए । उनले अब फेरि चुनाव लड्न नपाउने भएका छन् ।
२०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ को चक्रे मिलनमाथिको आक्रमणको मुद्दामा उनालाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सोपश्चात मंसिर २ गते काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दीपक मनाङेको संसद पद गयो, #मनाङ ‘ख’ आजबाट खाली भएको संवैधानिक इजलासको निर्णय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्