Techie IT
बिहीबार, असार ५,२०८२

साङ्ला–कुन्चिप्वाकल–ढकालचौर तिन करोड विनियोजित सडकको मन्त्री अमन मास्केद्वारा शिलान्यास


काठमाडौं । तारकेश्वर वडा नं. १ को ढकालचौर हुँदै झण्डा पार्क जाने सडकको आज बिहान शिलान्यास भएको छ । १ वर्षभित्र कार्य सक्ने गरी पूर्वाधार विकास कार्यालय ललितपुरबाट टेण्डर भएको सडक निर्माणको शिलान्यास बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले गर्नुभएको छ ।

शिलान्यास कार्यक्रमपछि बोल्दै मन्त्री मास्केले तारकेश्वरमा पूर्वाधार विकासमा यसपटक आवश्यकताअनुसार प्रदेश सरकारले बजेट विनियोजन गरेको हुँदा सफलतापूर्वक काम गर्न जनताले सक्रियता देखाउनु पर्ने बताउनुभयो । मन्त्री मास्के अर्को एक प्रसङ्गमा आफु जन्मिएको भूमिको विकासका लागि दिन रात नभनी विकासमा लागि रहेको बताएका छन् । तारकेश्वरमा पुल, करिडोर सडक र मुख्य सडकहरुमा बजेट विनियोजन गरेको बताएका छन् । सबै वडाहरुमा त्यहाँको आवश्यकता हेरेर बजेट विनियोजन भएको छ ।

 

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वाधार विकास कार्यालयका इन्जिनियर बुद्धिराज नेपालीले ३ करोड ३० लाखको कार्य सुरु भएको छ । ५.५ मिटर चौडाई भएको ८ इन्चको ढलान ५ सय मिटर बन्ने इन्जिनियर नेपालीले बताए ।

कार्यक्रममा सो वडाका वडाअध्यक्ष बिदुर सापकोटासहित स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साङ्ला–कुन्चिप्वाकल–ढकालचौर तिन करोड विनियोजित सडकको मन्त्री अमन मास्केद्वारा शिलान्यास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Light Rain with Thunder
5:06 am7:03 pm +0545