Techie IT
बिहीबार, असार ५,२०८२

प्रतिनिधिसभाको असारको पाक्षिक क्यालेन्डर- शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कार्यसूचीमा छैन शिक्षा विधेयक


काठमाडौं । प्रतिनिधिसभाको असार महिनाको पहिलो पाक्षिक क्यालेन्डर तय भएको छ । क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ ।

क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेन्डरमा भएअनुसार आज बैठक बसेको छैन । ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ ।

बजेटमाथि छलफल गर्नुको साथ निजामती विधेयक पारित गर्ने उल्लेख छ । सरकारले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको भए पनि १४ गतेसम्मको क्यालेन्डरमा यो परेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कार्यसूचीमा छैन शिक्षा विधेयक, #प्रतिनिधिसभाको असारको पाक्षिक क्यालेन्डर- शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545