प्रशासकीय अधिकृबिना बजेटकाे छलफल चलाउने बालेनको प्रयासमा ब्रेक, आज बाेलाएकाे बैठक रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज डाकेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द गरिएको छ ।
सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबरै नगरी बैठक राख्ने बालेनको तयारीमा ब्रेक लागेको हो । उपमेयर, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले कार्यपालिकालगायतका बैठक राख्न मेयरलाई निरन्तर दबाब दिँदै आएका छन् ।
प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर उनले आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए । तर, सदस्य सचिवबिनाको बैठकबारे सदस्यहरूले वैधानिकताको कुरा उठाएपछि मेयर पछि हटेका हुन् ।
समितिको सदस्यसमेत रहेकी कार्यपालिका सदस्य अनिता कार्की (ढोली) ले आजलाई बैठक डाकिएपनि मेयरको सचिवालयबाट नबस्ने सूचना आएको बताइन् ।
उनले भनिन्, ‘हिजो मेयरज्यूकै सचिवालयबाट बैठक भनेर खबर आएको थियो । आज फेरि नबस्ने भयो भनेर खबर गर्नुभयो । अब कहिले बस्छ थाहा छैन ।’
प्रशासकीय अधिकृत गुरागाईँले पनि बैठक डाकिएकोबारे आफूलाई केही थाहा नभएको बताए ।
असार १० सम्ममा स्थानीय तहले बजेट पेश गरी मसान्तासम्म पारित गरिसक्नुपर्ने कानूनी बाध्यता छ । तर, मेयर संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि महानगरमा अन्योल भएको छ ।
उक्त समितिको सदस्यमा उपमेयर सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की (ढोली) छन् ।
महानगरको कार्यपालिका र नगर सभा पनि अनिश्चित छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज बाेलाएकाे बैठक रद्द, #प्रशासकीय अधिकृबिना बजेटकाे छलफल चलाउने बालेनको प्रयासमा ब्रेक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्