अमेरिका इजरायल–इरान युद्धमा सामेल भए के हुन्छ ?

काठमाडौं, ४ असार । इरान र इजरायलबीच युद्धको घोषणा भएको छ । युद्ध घोषणा गर्नुका साथै इरानले इजरायलका तेल अभिभका जनतालाई चेतावनी दिएको छ । इरानले तेल अभिभका जनताहरूलाई सकेसम्म चाँडो तेल अभिभ छोड्न भनेको छ ।
मिडिया रिपोर्टका अनुसार अमेरिका पनि इजरायल–इरान युद्धमा सामेल हुनसक्ने चर्चा चलेको छ । यसबारे अझै केही स्पष्ट छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधि हेर्दा उनी युद्धमा सामेल हुन सक्ने देखिन्छ ।
ट्रम्पले मंगलबार ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग एक घण्टाभन्दा बढी समय बैठक गरे ।
मिडिया रिपोर्टका अनुसार ट्रम्पले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्छन् । ट्रम्प हालै जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका थिए, जहाँ सबै देशहरूले संयुक्त सत्रमा भाग लिएका थिए । विशेष रूपमा आमन्त्रित देशहरूसँगको बैठक नसकिँदै ट्रम्प क्यानडाबाट अमेरिका फर्किएका थिए । यस समयमा धेरै प्रकारका अफवाहहरू फैलिएका थिए तर ट्रम्प आफैंले त्यसलाई खारेज गरे । यस्तो अवस्थामा ठूलो प्रश्न यो छ कि के अमेरिका यो युद्धमा सामेल हुन्छ ?
ट्रम्पले मंगलबार एकपछि अर्को तीन वटा ट्वीट गरे जसमा इरानलाई धम्की दिइएको थियो र आत्मसमर्पण गर्न चेतावनी दिइएको थियो । यस्तो अवस्थामा यदि इरानले आत्मसमर्पण गरेन भने अमेरिका यो युद्धमा सामेल हुन सक्ने अनुमान गरिएको छ । अमेरिकाले युएई, जोर्डन, साउदी लगायत सम्पूर्ण क्षेत्रमा रहेका आफ्ना सैन्य अड्डाहरूमा तैनाथ ४० हजार सैनिकहरूलाई उच्च सतर्कतामा रहन भनेको छ ।
मिडिया रिपोर्टका अनुसार इजरायल पनि एक्लै युद्ध लड्ने स्थितिमा छैन, यस्तो अवस्थामा नेतान्याहूले ह्वाइट हाउसलाई युद्धमा सामेल हुन आग्रह गरिरहेको अनुमान गरिएको छ ।
यदि अमेरिका युद्धमा सामेल भयो भने विश्व विश्वयुद्धको संघारमा पुग्ने सम्भावना छ । चीन र रुस खुलेआम इरानको समर्थनमा बाहिर आएका छन् ।
यता, युरोप र पश्चिमा देशहरू इजरायलसँग एकताबद्ध भएका छन् । यद्यपि मध्यपूर्वका देशहरू अझै खुलेर बाहिर आएका छैनन्, तर अमेरिकासँग सम्झौता गरेपछि यी देशहरूले आफूलाई युद्धबाट टाढा राख्न सक्छन् ।
अमेरिका र उसका सहयोगीहरूले इरानमाथि आक्रमण गर्न सक्छन् । बेलायतले पनि आफ्ना लडाकु विमानहरूलाई सतर्क रहन आदेश दिएको छ । यसले गर्दा पनि विश्व फेरि एकपटक युद्धको संघारमा उभिएको देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिका इजरायल–इरान युद्धमा सामेल भए के हुन्छ ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्