कैलाली कारागारभित्रै व्यवसायीको शंकास्पद मृत्यु, शरीरभरि निलडाम–घाउः सत्यतथ्य नखुल्दासम्म शव नउठाउने आफन्तको अडान

कैलाली । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरुले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो। असार २ गते राति एक्कासी बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। प्रहरीले विरामी भएर उपचारको क्रममा मृत्यु भएको बताएपनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन्।
मृतक पाली व्यवसायी हुन्। प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्धामा दोषि ठहर भएर पाली केही वर्षपछि पक्राउ गरेका थिए। त्यसपछि पनि नाथले रकम माग्ने गरेको र २ गतेमात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए। नाथले भने ‘अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनेको हुँदा फैसला अनुसारको रकम बुझाउन पाली परिवारनै राजि भएको’ बताउँछन्।
सई नाथको भारतीय व्यापारिसँग पनि सेटि हुनेगरेको र उनीहरुको फसेको पैसा नाथले उठाउन भूमिका खेल्ने गरेको पालीका आफन्तहरुको आरोप छ। ‘कारागार भित्र निर्मम याताना दिएर उनको मृत्यु भएको’ आफन्तहरुको भनाइ छ। ‘शरीरभरि घाउ र निलडाम छन्। यो सामान्य मृत्यु होइन, हत्या हो,’ पदमसिंहले भने।
मृतकका भाई हिक्मतले पनि ‘घटना रहस्यमय भएको’ भन्दै सत्यतथ्य छानविनको माग गरेका बताएका छन्।
सीसीटीभी फुटेज नदेखाएपछि थप आशंका
आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरुको आरोप छ ।
यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ। मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन् ।
न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान उनीहरुले लिएका छन्। साथै उनीहरूले प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारी पनि गरेका छन्।
मृतकका श्रीमती र एक छोरा रहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलाली कारागारभित्रै व्यवसायीको शंकास्पद मृत्यु, #शरीरभरि निलडाम–घाउः सत्यतथ्य नखुल्दासम्म शव नउठाउने आफन्तको अडान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्