इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

काठमाडौं, ३ असार । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको थियो । बीबीसीका अनुसार शुक्रबार बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए ।
व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पु¥याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्ने बताइएको छ ।
बिबिसीका अनुसार यद्यपी दुई देशहरू बीचको एक सप्ताहन्तको मिसाइल र ड्रोन आक्रमण पछि कच्चा तेलको मूल्य फेरि घटेको छ । तरपनि, तेलको मूल्य एक महिना अघिको भन्दा १० अमेरिकी डलरले बढी छ र ऊर्जाको मूल्यमा वृद्धिले बेलायत लगायत विश्वभर पेट्रोल र खाद्यान्नसम्म सबै कुरा महँगो बनाउन सक्ने त्रास उत्पन्न भएको छ ।
तीन वर्षअघि रूसले युक्रेनमा आक्रमण गरेपछि त्यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरुको दैनिकीलाई असर गरेको थियो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य ७८ डलरभन्दा बढीमा पुग्यो । त्यसबेलादेखि, यो लगभग ७४.५० डलरमा झरेको छ, तर यो अझै पनि गत महिनाको भन्दा १० डलरले बढी छ ।
ठूला भूराजनीतिक घटनाहरू र विश्वव्यापी अर्थतन्त्रको अवस्थाको प्रतिक्रियामा तेलको मूल्य सधैं बढ्छ र घट्ने गरेको छ । इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को सदस्य हो । जसले प्रतिदिन लगभग ३३ लाख ब्यारेल तेल र इन्धन उत्पादन गर्छ र २० लाखभन्दा बढी निर्यात गर्छ ।
इरान जस्तो ओपेकको सदस्य राष्ट्र आफैंपनि युद्धमा हामीएका कारण त्यसले नेपाल जस्ता इन्धन आयातकर्ता राष्ट्रहरुलाई समेत मूल्यवृद्धिको मारमा पार्न सक्ने रोयर्टसले जनाएको छ ।
यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पु¥याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रीफिङ गरिरहेका छन् । जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्