Techie IT
आईतबार, असार १,२०८२

साँगे अभियानले असार ३ गते दमौलीमा अन्तरसंवाद कार्यक्रम गर्ने


काठमाण्डौ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले तनहुँ सदरमुकाम दमौलीमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । अभियान बारे जानकारी गराउने उदेश्यले आगामी असार ३ गते मंगलवार अभियानले अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागेको हो । “यहि असार ३  गते मंगलवार अभियानले व्यास नगरपालिकाको हलमा अन्तर संवाद कार्यक्रम आयोजना गर्ने तय गरेको छ, व्यास नगरपालिकाका मेयर ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भन्ने अनुसार हामीले उहाँलाई आमन्त्रण गरेका छौँ, ४ बजेबाट कार्यक्रम सुरु गर्ने हाम्रो योजना छ, यद्यपि केही औपचारिकता भने अझै बाँकी छ, हामी तयारी  साथ बसेका छौँ” कार्यक्रम आयोजना बारे जानकारी दिनुहुँदै अभियानका संयोजक सुरेन्द्र वाग्लेले बताउनुभयो । अभियानले  साँगे क्षेत्र अन्तर्गत पर्ने वडाका जनप्रतिनिधिहरुसहित स्थानीय एवम् सरोकारवालाहरु समेतलाई आमन्त्रण गरिने संयोजक वाग्लेले जनाउनुभयो ।

त्यसो त अभियानले अम्रेनी, नेपालटार र पतेनी स्थित विद्यालयका बालबालिकासहित बुद्धिजीवि, समाजसेवी, अगुवा, जेष्ठ नागरिक, व्यवसायी लगायतका स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको अभियानका महासचिव सरोज ओझाले जानकारी दिनुभयो । त्यसैगरी, पर्यटन प्रबर्धनमा सघाउ पुर्याउने उदेश्यसहित डाडागाउँ – हर्षपुर होमस्टेको अवलोकन गर्ने कार्यक्रम तय ग​रिएको र​  म्याग्दे ७ पयेंरदेखि पश्चिम नागरङ्ग कुना स्थित ठूलो पहरामा रहेको निलकण्ठेश्वर महादेव सिद्ध गुफाको पर्यटन सम्भावना बारे खोजबिन गर्न त्यहाँको स्थलगत भ्रमण गर्ने कार्य​क्र​म​ स​मेत​ र​हेको ओझाले ब​ताउनुभ​यो ।

उक्त भ्रमण दलमा संयोजक वाग्ले र महासचिव ओझासहित सदस्यहरु पूर्व वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्ले,  वरिष्ठ  इन्जिनियर  ठाकुरप्रसाद  पण्डित र पूर्व शिक्षिका बालवती शर्मा (बाला)  र​ह​नुभ​एको संस्थाका सदस्य गंगाधर भट्टराईले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:06 am7:02 pm +0545