Techie IT
आईतबार, असार १,२०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।

बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।

त्यस्तै,उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

नेकपा माओवादी केन्द्रले सत्तारुढ दलसँग सहमति गरेर संसद सुचारु गर्ने भने पनि रास्वपा र राप्रपाले भने विरोध गरिरहेका छन् । यसअघि शुक्रवारको बैठक विरोधका बाबजुद पनि सञ्चालन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा बैठक बस्दै, #यस्तो छ कार्यसूची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am7:02 pm +0545