Techie IT
आईतबार, असार १,२०८२

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई जानकारी गराइएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका हुन् ।

अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Drizzle
5:06 am7:02 pm +0545